काठमाडौं, २३ मंसिर । सुजन मार्फा तामाङ र नायिका आँचल शर्माको ‘ब्ल्याक ब्युटी’ सार्वजनिक भएको छ । को हो प्रडक्सनले निर्माण गरेको सो भिडियो केही दिन अघि युट्युमा सार्वजनिक भएको हो ।

रामगोपाल आशुतोषको शब्द रचना रहेको गीतमा बिनोद कार्कीको स्वर छ । गीतमा राजु सिंहको सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ ।

भिडियोलाई सुजनले नै निर्देशन गरेका हुन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन र विकास ज्ञावलीले सम्पादन गरेका हुन् । युवालाई लक्षित म्युजिक भिडियोमा सुजन र आँचल फिचरिङ छन् ।

तपाईको प्रतिक्रिया