बुगीउगी नेपालकी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

फिल्म ‘ठुली’को निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ‘हे गोरी’ गीत मन पराउने बताए । लभ सङको भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन् , ‘मलाई विशेषत लभ सङको भिडियोमा रुचाइएको छ । तर, मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमा छ । प्रयोग गर्न रुचाउने मान्छे हुँ । यो भिडियो अर्को प्रयोग हो मेरालागि आशा छ दर्शकले मनपराइदिनु हुनेछ ।
https://www.youtube.com/watch?v=8DCiisCayR0&fbclid=IwAR0YRt_rhe1NqwvN9ElZsZa7ClYUxwrglLDO6TACt1_T7r9A55fpU22GF9E

तपाईको प्रतिक्रिया