झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन ।

११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा बिताएका गौतमले प्रारम्भिक शिक्षा मैदान घोपाको कञ्चनजँघा प्राथमिक बिद्यालय बाट शुरु गरेका थिए ५ कक्षा सम्म त्यहि अध्ययन गरेपछि गौरादहको जनता माध्यमिक बिद्यालयमा ६ र ७ कक्षा पढे पछि बि स २०५१ सालमा आफ्नो कलाकारिता यात्राको सपना पूरा गर्न कठमाण्डौ छिरेका थिए ।
त्यसपछि उनको कलाकारिताको सँघर्ष शुरु भएको थियो । बालबालिकाका प्रिय दाजु बासुदेब मुनालले रेडियो नेपालको बाल कार्यक्रममा नाटक गर्ने अवसर दिएपछि रेडियो नाटक हुँदै हातेमालो बाल कार्यक्रम सञ्चालन गरेर कलाकारिता सुरु गरेपछि सर्वनाम पुगेका गौतम सर्वनाम मा बालकलाकार बनेर थुप्रै नाटकमा अभिनय गरे ।

सन् १९९९ मा नयाँ दिल्ली भारतमा सम्पन्न भएको तेस्रो अन्तराष्ट्रिय बाल नाटक महोत्सबमा नेपालको तर्फबाट गोल्ड मेडल बिजेता कलाकार गौतम बि स २०५९ मा नाटक “जिउँदा अवशेसहरु“ मा उत्कृष्ट चरित्र अभिनेता बाट राष्ट्रिय पुरस्कार पनि पाएका छन् ।

सर्वनाम नाट्य सँस्थामा २०५५ सालदेखी सडक नाटक र मन्च नाटकहरु गर्दै आएका गौतमले ५ हजार भन्दा वढि रेडियो नाटकमा अभिनय गरिसकेका छन भने सयौँ सडक नाटक र मन्च नाटक गरेका छन । आफ्ना गुरु अशेष मल्ललाई आदर्श मान्ने गौतम आफ्नो आमा र ठुलो मामालाई प्रेरणाको श्रोत मान्दछन् ।

हातेमालो बाल क्लब बाट थुप्रै तालिमहरु र प्रतियोगिताहरुमा भाग लिएका रङ्गकर्मी गौतमले एक दर्जन भन्दा बढि मान सम्मान र पुरस्कार पाई सकेका छन् । हातेमालो सञ्चारकी सँस्थापक तथा बाल अधिकारकर्मी नुपुर भट्टचार्य बरिष्ठ नाट्यकर्मी अशेष मल्ल र बालबालिका हरुका आइकन तथा गायक बासुदेब मुनाललाई आफ्नो मार्ग दर्शक र गुरु मान्ने गौतम आफ्नो सफलताको श्रेय आमा र श्रीमतीलाइ दिन चाहान्छन् ।

अहिले हातेमालो सञ्चारको सचिब तथा नाट्य विभागका सँयोजक समेत रहेका गौतम हातेमालोलाई आफ्नो कर्मथलोको रुपमा लिन्छन । बरिष्ठ रङ्गकर्मी बीरेन्द्र हमालको एम आर्ट थिएटरमा ३ बर्ष अभिनय कोेर्ष सिकेको गौतम गितकार तथा सञ्चारकर्मी पनि हुन् ।

नाटक भित्रै आफ्नो सन्तुष्टि भेट्ने गौतम स्नातक तह सम्म अध्ययन सके पछि पढाइलाइ निरन्तरता दिन सकेनन् र निरन्तर नाटकमा लागिरहे । विभिन्न सँघ सँस्था तथा स्कुल कलेजहरुमा नाटक र अभिनय पढाउँदै आएका गौतम कलाकार सँग सँगै स्क्रिप्ट राइटर र निर्देशक पनि हुन् । बि स २०६७ साल बाट सानो पर्दामा प्रचण्ड बनेर टेलिभिजन मार्फत उदाएका गौतम टेलिचलचित्र “झ्याँईकुटी झ्याँई“, सिस्नुपानी, मेरी बास्सै, सुनौलौ बिहानी, खास खुस, ट्वाक्क टुक्क रिट्नर्स, कमेडि गाईज, टेन टु फाइभ र गोलमाल मा समेत अभिनय गरेका छन्, मेरी बास्सैमा प्रचण्ड बनेपछि चर्चाको शिखरमा पुगेका गौतम अहिले एन.के टिभि बाट प्रसारण हुने ट्वाकेन्द्र निवासमा ट्वाकेन्द्र काका बनेर कमेडि टक शो कार्यक्रम चलाइ रहेका छन ।

सम्मान तथा पुरस्कार
१. गाेल्ड मेडल ” तेस्राे अन्तराष्ट्रिय बाल नाटक महाेत्सब १९९९ नयाँ दिल्ली,भारत
२. उत्कृष्ट चरित्र अभिनेता २०५९ ” नाटक जिउँदा अवशेषहरु ( सरुभक्त)
३. उत्कृष्ट स्क्रिप्ट राईटर २०६४ भ्वाइस अफ युथ एफ एम ९६.८४. दाेस्राे पुरस्कार ( लेखन/ निर्देशन) नाटक अधिकार उपत्यका व्यापी स्कुल स्तरिय नाटक प्रतियाेगिता १९९९
५. द्वितीय स्थान “नाटक: खाेसिन्छन अधिकारहरु” प्रथम बाल नाटक महाेत्सब २०५७ हातेमालाे बाल समूह
६. “युवा रङ्गकर्मी सम्मान २०७१” एक्सन डेभलपमेन्ट सेन्टर राजबिराज, सप्तरी
७. “अालु पार्टी हाँस्यब्यङ्ग सम्मान २०७४” अालु पार्टी हाँस्यव्यङ्ग समाराेह, राम कुमार पाँडे

अावद्धता/ सँलग्नता
१. अध्यक्ष : अभियान थियटर ( भक्तपुर)
२. सचिव तथा नाटक निर्देशक : हातेमालाे सञ्चार
३. उपाध्यक्ष : गन्तव्य नेपाल
४. महा सचिब : गाेठाटार साहित्यिक मन्च
५. सल्लाहकार : शुभारम्भ नेपाल
६. सँस्थापक : मितेरी मन्च नेपाल
७. सदस्य : नाट्य सँस्था महासँघ

तपाईको प्रतिक्रिया