गायक प्रवेश राइ र बानीका प्रधानको स्वरमा रहेको गीत ”माया गरन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको गीत ‘माया गरन’मा गायक राइलाइ स्वरमा गायिका बानीका प्रधानले साथ दिएकी छिन । ‘जोर मादल’एल्बममा समाबेश गीत ”माया गरन”मा साहस शाक्यको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नव मोडेल मेलिना राइ फिचरिङ्ग गरिएको छ ।

बुद्ध थापाको क्यामेरा , बिकाश धमलाको सम्पादन रहेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन।अमेरिका निवासी गायक प्रवेश राइले एल्बमका बाँकी गीतको पनि छिट्टै भिडियो निर्माण गरिने जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया