नेपाली संगीतमा केही गर्ने सोचका अघि बढी रहेका प्रतीभाशाली गायक सार्जन राईको नयाँ गीत”चन्चले यो मन” केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ। रोमान्टिक लभ भर्सनको यस गीतमा शब्द संगीत स्वयम गायक सार्जन राईको रहेको छ भने स्वर लोकप्रीय गायिका मेलिना राई र गायक सार्जन राईको रहेको छ।
जावलाखेल चिडियाखानामा छायांकन गरिएको यस गीतको भिडियोमा नायक तथा मोडल सुनिल क्षेत्री र नायिका तथा मोडल एलिशा शर्माको अभिनय रहेको छ। गीतको भिडियोमा नेपाली ठिटो डान्स ग्रुपलाई पनि देख्न सकिन्छ। ज्ञानु राईको छायांकन तथा निर्देशनमा गीतको भिडियो निर्माण भएको हो।

तपाईको प्रतिक्रिया