सर्वाधिक हिट गीत ‘क्यालेन्डर’का गायक सुन्दर भिकेटीको अर्को गीत पनि सार्वजनिक भए लगत्तै दर्शकको मन जित्दै यु ट्युबको शीर्ष स्थानमा पर्न सफल भएको छ।सार्वजनिक ‘मास्टर प्लान’गीतमा गायक भिकेटीलाइ स्वरमा गायिका मेलिना राइले साथ दिएकी छिन। खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘मास्टर प्लान’ गीतको भिडियोमा द कार्टुन क्रु लाइ फिचर्ड गरिएको छ। गायक सुन्दरको यस अघिको हिट गीत ‘क्यालेन्डर’ले यु ट्युबमा करोड भ्युज पाइसकेको छ ।
क्यालेन्डर गीतको सफलता पछि सार्बजनिक ‘मास्टर प्लान’ बोलको गीतबाट पनि सुन्दर दर्शकसंग अझ आशावादी रहेका छन। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् । भिडियोमा कन्सेप्ट तथा निर्देशन सरोज अधिकारीको रहेको छ।

तपाईको प्रतिक्रिया