चर्चित निर्मात्री एकता कपुर आमा बनेकी छिन् ।टेलिभिजन क्विनको नामले चर्चामा आएकी फिल्म तथा सिरियल निर्मात्री एकता कपुर २७ जनवरीमा आमा बनेकी हुन् ।उनको घरमै छोराको जन्म भएको छ । एकता कपुर अविवाहित हुन् र उनले यो छोरा सेरोगेसीको माध्यमले जन्माएकी हुन् । भारतिय मिडियाका अनुसार उनले जन्माएको छोराको स्वास्थ्य पूरै ठिक रहेको छ ।

भारतिय मिडियाका अनुसार सिरियल निर्मात्री एकता कपुरका भाइ तुषार कपुर पनि ३९ वर्षको उमेरमा २०१६ मा सेरोगेसीकै माध्यमबाट छोराका पिता बनिसकेका छन् । उनले आफ्ना छोराको नाम लक्ष्य राखे । उनी जूनमा ३ वर्षका हुँदैछन् ।

तपाईको प्रतिक्रिया