दिपा अधिकारी ,माघ २२
करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलि को जिवन भागाईमा मिल्ने किसिमको कथा बस्तुलाई समेटेर योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको लोकदोहोरी गीत ‘ बिचल्ली परेर गीतको भिडियो बजारमा आएको छ । आफनो जिवनको महत्वपुर्ण अंग गुमाउनु पर्दा निकै विचलित भएको अवस्थालाई गीतमा देखाइएको छ । गीतमा इन्दिरा खत्रीको आवाज रहेको छ । सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जनामा गीत तयार गरिएको छ । आफनो पिडा भुल्नको लागी जिवनलाई लाई नै समाप्त गर्ने कुरा गीतमा गरेका छन । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको छायाँकन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा सुनिल केसी र अनु श्रेष्ठको अभिनय रहेको छ ।
‘ बिचल्ली परेर” हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया