काठमाडौं। नेपालमै पहिलो पटक सद्धि मिडियाले आयोजना गरेको ‘नेपाल्स चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन्। २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्। शिर्ष बिजेता बन्दै उपहारमा स्कुटी हात पारेकी पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस बेष्ट र्याम्प वाक’ र ‘मिस पपुलर’ उपाधि समेत हात परेकी छिन्।

मंगलबार राष्ट्रिय नाचघर जमलमा अबेरसाँझ सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप र पुनम श्रेष्ठ सेकेन्ड रनरअप चुनिए। चटौट ‘मिस बब्बी’, ‘मिस मल्टिमिडिया’, ‘मिस फ्रेन्डी’ समेत घोषित हँुदा श्रेष्ठले ‘मिस ब्युटिफुल’ र ‘ब्युटी वीथ परपोज’ उपाधि हात पारिन्। बिजेताले बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छन्।

प्रतियोगिताको यो तेस्रो संकरण हो । संजिव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए।
आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले यो प्रतियोगिता हुँदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगिताको कोरियोग्राफर सच्चु गुरुङ रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया