पीम नेपालद्वारा आयोजित नेपालको पहिलो समाबेशी अवार्डको दोस्रो सस्करण नेशनल पावरन्युज म्युजिक अवार्ड मा एकाघर भित्र को बर्चस्व कायम भएको छ ।एकै घरको दिदि ,र दुई भाईले नै अवार्ड उचालेका छन ।
अवार्डको ईतिहासमा सम्भबत यो पहिलो पटक नै हुनुपर्छ ।अवार्डमा लोक दोहोरि भिडियो निर्देशन तर्फ बबिता श्रेष्ठ ,लोक दोहोरि नव मोडल तर्फ ओम श्रेष्ठ र आधुनिक तर्फ नव मोडलमा अमन श्रेष्ठले अवार्ड चुमेका छन ।निर्देशक बबिता दिदि हुन् भने ओम र अमन दुवै उनका सहोदर भाई हुन् ।पछिल्लो समय यो परिवार सांगेतिक क्षेत्रमा अगाडी बढिरहेको छ ।

तपाईको प्रतिक्रिया