काठमाडौँ । पछिल्लो समयमा कलाकारिता क्षेत्रमा निकै बोल्ड गायिकाको रुपमा आफूलाई प्रस्तुत गर्दै आएकी गायिका हुन् ज्योती मगर।

नेपाली कलाकारिता क्षेत्रमा एकदमै विवादित भइरहने गायिका ज्योतीले कलाकारिता क्षेत्रलाई नै धमिल्याउदै आएको अन्य कलाकारहरुको आरोप छ। साँस्कृतिक कार्यक्रममा जाँदा आफ्ना पोषाकहरु पनि छोटो र प्रस्तुती पनि नेपाली समाजलाई खेप्न नसक्ने उनको गायकीले सधैं विवादित तथा चर्चामा आउने गरेकी छन्।

उनले आफ्नो फेसबुक पेजमा समेत आफूले देखाएको भन्दा बढी नहेर्न दर्शकहरुलाई अनुरोध गरेकी छन्। उनले दर्शकलाई भनेकी छन्, ‘मलाई जज गर्न धेरै हतार नगर्नुस्। तपाई त्यती मात्र देख्नुहुन्छ जुन मैले छनोट गरेर देखाएकी हुन्छु।’

तपाईको प्रतिक्रिया