काठमाडौं, २९ माघ – देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले नेपालीहरुको मुटुको धड्कन तथा यूवा अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पिय पदार्थको प्रतिबद्घता हो ।आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।

कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, “स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।

स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले आफ्नो अनुभव सुनाउदै भन्नुभयो, “ म स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित छु । यस अवसर प्रदान गरिदिनु भएकोमा कोका–कोला नेपाललाई म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु ।”

तपाईको प्रतिक्रिया