हरर कथामा निर्माण भएको चलचित्र ‘घर’को छायाङ्कन २० दिनमा नै सकिएको छ । चलचित्रको छायाङ्कन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् ।

काठमाण्डौका विभिन्न स्थानमा यो चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रमा कथा पनि उनकै छ । चलचित्र ‘घर’मा नायक अर्पण थापाको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ ।

चलचित्रको विषयमा निर्मात्री पाण्डेले भनिन्–‘यसपटक हामीले धेरै तयारी गरेकाले पनि छायाङ्कन चाँडै नै सकियो । दिनरात नभनी काम गरेका छौ । चलचित्रले दर्शकलाई मनोरञ्जन मात्र होइन, हरर कथामा बनेका नेपाली चलचित्रले दर्शकलाई छुट्टै खालको महसुस गर्न सक्दैनन् भन्ने आरोपलाई पनि तोड्नेछ ।’

चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा निरज कँडेलको छायाँङ्कन छ । चलचित्रमा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताको रुपमा छन् ।

तपाईको प्रतिक्रिया