काठमाडौं – अहिले लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, बोलको गीतलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चामा आइरहेका छन् । लोकगायक पशुपति शर्माले तिन दिनअघि यूट्युवमा राखेको गीत आफैंले हटाएपछि उनी निकै चर्चामा आएका हुन् । अहिले लोकगायक पशुपति शर्मा विश्वभर चर्चा र खोजीको पात्र बनेका छन् । मुलुकभित्रको भ्रष्टाचार, व्यथिति, अनियमितताविरुद्ध ‘लुट्न सके लुट’ गीत भिडियोसहित सार्वजनिक गरेपछि उनलाइ संसारभर खोजिगरिएको छ ।

बिहीबार सो गीत युट्युबमा अपलोड गरेपछि रातारात हिट भयो । गीतका शब्द र दृश्यलाई लिएर सत्तारुढ दलको भातृसंगठन युवसंघ नेपालको धम्कीपूर्ण विज्ञप्ति जारी गरेपछि शुक्रबार गायक शर्माले सो गीत युट्युबबाट हटाए ।जस कारण सरकार र सत्तारुढ दलको दबाबका कारण गीत हटाउन बाध्य पारिएको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । शर्माले यूट्युवमा राखेको गीत आफैंले हटाएपछि बिभिन्न टिकाटिप्पणी भएको छ । यस घटनाले मुलुकभित्र मात्रै होइन संसारभर उनलाई र उनको गीत खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया