काठमाडौँ । चर्चित हाँस्य शृखला मेरी बास्सैका निर्देशक राजु पौडेल (राजू मास्टर) को फेसबुक आईडी ह्याक भएको छ।

फेसबुक आईडी कहाँबाट कसले ह्याक गर्यो भन्ने बारेमा सम्बन्धित निकायमा खबर गरिएको अर्का कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले आफ्नो फेसबुकमा एक स्टाट लेखेर जानकारी दिएका छन्।

ह्याकरले पौडेलको फेसबुकमा अनैतिक फोटाहरु पोस्ट गरेको भन्दै बल्छी धुर्बेलेले एक फेसबुक स्टाटस लेखी सम्पूर्ण दर्शक श्रोता साथी भाई इष्टमित्रहरुसँग माफी मागेका छन्।

बल्छीले भनेका छन्, ‘हजुरहरुको प्रीय कलाकार राजु मास्टरको फेसबुक आईडी ह्याक भएकोले अनैतिक पोस्टहरु आयमा क्षमाप्रार्थी छौँ’ ।

तपाईको प्रतिक्रिया