सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । सन्तोषले यसपटक केही फरक शैलीमा गीत एबम म्युजिक भिडियो तयार पारेका छन् । सन्तोषको यो गीतमा हाँस्य कलाकार सन्दिप क्षेत्रीको साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज गु्रपको नृत्य छ ।
सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन् । अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् ।
यसैविच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको समेत घोषणा गरिएको छ ।
यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ ।
गीतकार कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् । भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको गायक लामाले जानकारी दिनु भयो ।

https://www.youtube.com/watch?v=sif3Ztoz8Io

तपाईको प्रतिक्रिया