पप गायक किशु कुँवरको शब्द ,संगीत र स्वरमा रहेको नयाँ गीत ”ज्वालामुखी” गीत सार्वजनिक भएको छ। साईराम पिक्चरको अफिसियल यु ट्युब च्यानल बाट केहि दिन पहिला रिलिज गीत ”ज्वालामुखी”को म्युजिक भिडियोमा नायिका सुष्मा अधिकारी गायक किशु कुँवर र अमेरिका निवासी मोडेल तिलक पकवाललाइ फिचर्ड गरिएको छ जीवन शाहीको निर्देशनमा बनेको ”ज्वालामुखी”को म्युजिक भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी नबिन निरौलाको सम्पादन रहेको छ ।चितवन भरतपुर स्थायी घर भएका गायक किशु कुँवरले यो गीत पछि अब केहि समय पछि अन्य गीतहरुको पनि छिट्टै नै रेकर्ड एबम भिडियो निर्माण गरिने बताए । अर्का मोडेल तिलक पकवाल अमेरीकी प्रहरीको रिजर्भ फोर्समा कार्यरतको सथिया अमेरीकामै भिजन होम हेल्थ केयर, ग्रोसरी एण्ड नेपाली किचन, माउण्टेन ट्रभल्स लगायतका बिभिन्न व्यवसाय का सफल संचालकको साथै अमेरिकी अदालतमा नेपालीभाषीहरुको अनुवादक संगसँगै सहयोगीको रुपमा नेपाली भाषी समुदायमा मात्र नभएर त्यहाँको समग्र समाजमा आफ्नो अब्बल परिचय बनाएका सफल व्यत्ति हुन ।

तपाईको प्रतिक्रिया