पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा फिल्म बन्ने क्रम निकै बढ्दो छ । यसै कारण पनि कहिलेकाही एउटै मितीमा ठुला ठुला फिल्महरु जुध्ने गरेका छन् । कतिसम्म भने एक पटक त चार वटा फिल्मसमेत जुधेका छन् । जसले गर्दा ती फिल्महरुले घाटा समेत बेहोर्नु परेको छ । तथापी ठुला व्यानरका फिल्महरु बिषेश दिनलाई लक्ष्ति गरी फिल्म रिलिज गदा दुबै फिल्मलाई दर्शकहरुले साथ दिएको पनि देखिएको छ । गएको असोजमा दुई ठुला फिल्महरु जुधे । छक्का पञ्जा ३ र जय भोले । जुन भिडन्तले सिनेमा क्षेत्रलाई निकै तताएको थियो । यस्तै भिडन्त अब चैत्र २९ मा हुँदैछ ।

जुन मितीमा अहिलेका चर्चित अनि लोकप्रिय नायकद्धय अनमोल केसीको ए मेरो हजुर ३ र सलिनमा स्टारर फिल्म यात्रा एकसाथ रिलिज हुँदैछ । यो भिडन्तलाई दर्शकहरुले निकै चासोका साथ हेरेका छन् । कारण यी दुईको युवापुस्तामाझ निकै राम्रो क्रेज छ । यता सलिनमान ती नायक हुन जसलाई झरना थापाले नै डेब्यु गराएका थिए । उनै नायकको फिल्म झरनाको फिल्मसंग जुध्दैछ । अर्काेतिर अनमोललाई भबिष्यमा कडा टक्कर दिन सक्ने क्षमता भएका नायकको रुपमा हेरिन्छ सलिनमानलाई त्यसैले पनि चैत्र २९ को भिडन्त रोचक बनिरहेको हो । यसबीचमा सलिनमान बनियाँको फिल्म यात्राको ट्रेलर रिलिज भएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै सलिनले फिल्म आफना लागि निकै महत्वपुर्ण रहेको बताए । उनलाई पत्रकारले जसले तपाई सिनेमा क्षेत्रमा भित्रायो उसैको फिल्मसंग जुध्दै हुनुहुन्छ , अनमोलसंग पनि प्रतिष्पर्धा हुन्छ तपाईलाई के लाग्छ भनी सोधिएको प्रश्नमा सलिनमाले गज्जबको उत्तर दिए । उनले भने “अहिले अनमोल र मलाई सबैले प्रतिष्पर्धीको रुपमा हेरिरहेका छन् । पक्कै पनि प्रेशर त छ । जित्ला की हार्ला भन्ने कुरा पनि आईरहेको छ म हार्छु तर म भाग्दिन । मेरो प्रतिष्पर्धा पनि नम्बर वान संग हो नी त । नम्बर वानसंग हारे पनि यसमा मेरो नोक्सान हुँदैन”

तपाईको प्रतिक्रिया