एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको आगामी फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ । फिल्म कल्की कृष्णमूर्तिको उपन्यास द सन अफ पोन्नीमा आधारित छ । यो ठूलो बजेटको ऐतिहासिक ड्रामा हो जसमा बाहुबली फ्रेन्चाइजअन्तर्गत निर्माण हुँदैछ ।

यो फिल्ममा ऐश्वर्याको अलावा उनका ससुरा अमिताभ बच्चन पनि देखिन सक्नेछन् । अहिलेसम्म बिग बीले भने यो फिल्म खेल्नेबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । फिल्ममा ऐश्वर्याले बाहुबलीका कटप्पासँग रोमान्स गर्ने बताइएको छ ।

रिपोर्टअनुसार फिल्म बाहुबलीमा कटप्पाको रोल निर्वाह गर्ने साउथ स्टार सत्यराजलाई यो फिल्ममा ‘पोन्निनी सेल्वम’ अफर गरिएको छ । यो फिल्ममा सत्यराज ऐश्वर्याका पतिको रोलमा देखिनेछन् । ऐश्वर्याका पतिको रोलका लागि साउथका अभिनेता मोहनबाबुसँग पनि कुरा भएको छ ।

मोहनले सकारात्मक सिग्नल दिए भने कटप्पाको रोल उनको हातबाट फुत्कनेछ । मणिरत्नमको यो मेगा बजेट फिल्ममा ऐश्वर्या राजकुमारीको भूमिका निभाउँदै छिन् । उनको विवाह एक राजासँग हुन्छ तर उनी यो विवाह आफ्नो इच्छा पूरा गर्न प्रयोग गर्छिन् ।

तपाईको प्रतिक्रिया