चर्चित एवं ख्यातिप्राप्त गायक जोहेब मानन्धर र गायिका सुधा खड्काको केहिदिन पहिले नयाँगीत सार्बजनिक भएको छ। अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको ”यो जिन्दगी” बोलको गीतलाइ डिजिटल प्ल्याटफर्म मार्फत विश्वव्यापी एकसाथ रिलिज भएको हो । दुई दशक नेपाली सांगीतिक क्षेत्रमा जीवन अर्पण गरिसकेका चर्चित गायक जोहेब मानन्धरको शब्द र संगीत अनि नवगायिका सुधा खड्कासंगको युगल गायनको तालमेलले गीतले छोटो समयमा निक्कै लोकप्रियता हासिल गरेको छ। अमेरिकामा बसोबास गर्ने गायिका सुधा खड्काको यो भन्दा अगाडिपनि केही गीत चर्चामा थिए। तर, युगल गायनको गायिका खड्काको यो पहिलो गीत बनेको छ।
धेरै माया–प्रेमको गीत सुनेर वाक्क दिक्क भैरहेको श्रोताहरुलाई यस गीतले रिफ्रेश बनाएको सुन्ने तथा हेर्नेहरुको टिप्पणी रहेको छ। जिन्दगीको बारेमा निकै नै मीठो भाव ब्यक्त गरेर लेखेको गीत एकदम सान्दर्भिक देखिन्छ। यस गीतको भिडियोमा गायक जोहेब मानन्धर आफै प्रस्तुत भएका छ्न्। जोहेबलाई मोडेल रचिता छेत्रीले अभिनयमा साथ दिएकी छिन ।
गीतको अरेन्जमेन्ट सन्दिप कार्कीको छ भने, मिक्स मास्टर अशोक महर्जनले गरेका छन्। क्यामेरा र एडिट चर्चित भिडियो मेकर रन्धिर श्रेष्ठ (Aras Post Production)को छ। मेकअप मा बीना र कृति छन। साना साना बालबालिकाको साथको लागि ‘मदरहुड चाइल्ड केयर सेन्टर’को सहभागिता छ भने भिडियोको डाइरेक्सन गायक जोहेब मानन्धर आफैले गरेका छन।

तपाईको प्रतिक्रिया