राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल सर्वप्रिय गायिका पूर्णकला बि.सी को प्रस्तुति लोक दोहोरी गीत “झोला” भर्खरै बजारमा आएको छ । पछिल्लो समयमा लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा गरिने लगानी बढ्दै गएको छ ।

यसरी गरिएको लगानीको प्रतिफल आए त ठिकै हो तर बालुवामा पानि हाले जस्तो भैरहंदा धेरै कलाकाहरु हार मानिसकेको स्थिति पनि हो तर पनि गायिका पूर्णकला बि.सी ले भने आफ्नो छुट्टै पहिचान बनाइसकेकी हुनाले यो “झोला” बोलको गीतले पुराना सफलता पाउने बिश्वास लिन सकिन्छ । यस गीतमा गायिका पूर्णकलालाई गायनमा खुमन अधिकारीको साथ् मिलेको छ गीतलाई लय खुमन अधिकारीले भरेका हुन् भने शब्द बैकुण्ठ महतले भरेका छन् ।

अहिलेको चलनचल्ती अनुसार “झोला” बोलको गीतको उत्कृष्टता दिंदै म्युजिक भिडियो पनि निर्माण गरिसकिएको छ । भिडियोमा धन के.पी र दिपा पनेरुको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया