राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा रहेर आफ्ना श्रोता तथा दर्शकहरुलाई बिभिन्न सांगीतिक प्रस्तुति मार्फत आनन्दित तुल्याइरहेकि गायिका सिर्जु अधिकारीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुति “रेलीमै” लिएर आएकी छिन् । उनले यस अगाडिका गीतहरुको म्युजिक भिडियोमा आफैंले अभिनय गर्थिन् भने यस पटकको गीतमा अर्की चर्चित मोडल करिश्मा ढकालको धमाकेदार अभिनय देख्न सकिन्छ । गीतमा अहिलेका बहुचर्चित गायक कृष्ण रेउलेको पनि सुमधुर स्वर सुन्न सकिन्छ । त्यसो त कृष्णले बिगतका गीतहरुमा पनि आफ्नै स्वर र अभिनय प्रस्तुत गर्दै आएका हुन् ।

निरन्तरता स्वरूप यस गीतको म्युजिक भिडियोमा पनि करिश्मा संग रेउलेको पनि आकर्षक अभिनय सहितको डान्स देख्न सकिन्छ । गीतलाई शब्द संगीत कृष्ण रेउलेले नै भरेका हुन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन  शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया