काठमाण्डौ : लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत पिँडालु सार्वजनिक भए देखिनै चर्चाको सिखरमा छ । इनाक्षी इन्टर्टेन्मेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत करिब एक महिनामै ४० लाख पटक हेरिएको छ ।

गायक तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत यही स्पिडमा हेरिदै जानेहो भने छिट्टै नै करोड क्लबमा प्रबेश गर्ने आकलन गर्न सकिन्छ । गीत सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै चर्चित बनेको थियो । गीत युट्युब संगै टिकटकमा समेत भाईरल बन्दै छोटो समयमा नै ४० लाख भ्युज पाएपछी यतिखेर निर्माण टिम दंग छ ।

इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाले दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए । छोटो समयमा नै गीतले राम्रो भ्युज पाउदा आफुहरुलाई निकै हौसला मिलेको कंडेलको भनाइ छ ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग छन । भद्रगोल बाट चर्चामा आएकी रक्षा संगै दुई चर्चित गायकहरु भिडियोमा फिचरिङ्ग हुनु पनि दर्शकहरुलाई पनि नयाँ स्वाद भएकोले गीत चर्चित हुन मद्घत पुगेको छ । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा पनि भिडियोमा अतिथी कलाकारको रुपमा फिचरिङ्ग छन ।

तपाईको प्रतिक्रिया