गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् ‘क्यालकुलेटर’बोलको गीत सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।
हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भिर विष्ट फिचर्ड छ । मधुसुदन पाठक ‘सिते बा’ को प्रस्तुतिमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन , नविन निरौलाको सम्पादन, सुबोल थापाको सहायक निर्देशन र गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।
गायक गायक शंकर थापा ‘स्माइल’को यस अघि पनि’ सेल्फी हानौला’ ‘फास्ट फास्ट’ ‘ट्युसन पढ़ाउछु ‘ लगायतका धेरै गीतहरु चर्चित छन ।

तपाईको प्रतिक्रिया