मदनकृष्ण सिलवाल
काठमाडौँ, असार १५ । डिफेन्स करिअर एकेडेमी नेपाल (dCAN)ले “नक्षेत्रसँग एक पल” कार्यक्रमको सुभारम्भ गरेको छ। हिजो अर्थात् असार १४ गते शनिवार विद्यार्थीहरुमाझ प्रेरक व्यक्तित्वहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको (dCAN)का प्रिन्सिपल डा. राजेन्द्र केसीले बताउनुभयो ।
“नक्षत्रसँग एक पल”कार्यक्रमको प्रथम श्रृंखलामा विद्यार्थीहरुका माझमा पूर्व प्रधानसेनापति महारथी श्री रुक्माङ्गद कटवालको उपस्थिति रहेको थियो । कटुवालले ३ घण्टासम्म विद्यार्थीहरुलाई आफूले भोगेका विविध विषयमा प्रेरक कुराकानी गर्नुभयो भने दोस्रो सेशनमा विद्यार्थीहरुले सोधेका विविध प्रश्नहरुमाथि जवाफ दिनुभएको थियो ।
अन्तरक्रिया सत्रमा नेपाली सेना, सैनिक, जीवन, जीवन जगतसम्बन्धी निकै चाखलाग्दा विषयवस्तुको उत्तर पूर्व प्रधानसेनापति रुक्माङ्गदबाट पाउँदा विद्यार्थीहरु अत्यन्तै उत्साहित देखिन्थे ।
समाज र राष्ट्रलाई उच्च योगदान दिइसकेका र दिँदै गरेका व्यक्तिह्रुसँग विद्यार्थीहरुको सर्वाङ्गिण विकास गर्ने हेतूका साथ “नक्षत्रसँग एक पल’ नामक यो कार्यक्रमको थालनी गरिएको डिक्यानका प्रिन्सिपल तथा कार्यक्रमका संयोजक डा. राजेन्द्र केसीले बताउनुभयो । हरेक हप्ता शनिवार नयाँ–नयाँ व्यक्तित्वहरुसँग परिचय गराउने उद्देश्यका साथ आउँदो दिनमा साताव्यापी रुपमा यो कार्यक्रम सञ्चालन हुने समेत केसीले बताउनुभयो ।
भिडियो:

तपाईको प्रतिक्रिया