राजु बोहरा–काठमाडौँ । धनेश्वर फिल्म्स प्रालिको प्रस्तुति एलिना कटुवाल र अनिश सतशंखरको प्रस्तुति “घरै मुनि बर छ” बोलको गीतलाई भर्खरै मात्र गोर्खा चौतारी म्युजिक प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । मौलिक स्वादमा तयार पारिएको यस गीतमा सबिनराज सेन्चुरी, सलिना कटुवाल, लक्ष्मी दर्नाल र अनिश सतशंखरको सुमधुर स्वर सुन्न सकिन्छ । एक युवतीलाई मन देखि मन पराएपछी खुल्लेआम हुनका लागि आफ्नो अविभावकको डर भएको प्रसङ्गमा सुसजित गीतलाई लय लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेले भरेका हुन् भने शब्द सबिनराज सेन्चुरी र रामचन्द्र दाहासको रहेको छ ।

गीतको मिठासता जस्तै भिडियोलाई पनि निकै उत्कृष्टता प्रदान गर्ने कोसिस गरिएको छ । भिडियोमा दिपक खड्का र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु प्रसस्त मात्रामा बजारमा आइरहेको यो समय  यस पर्ब संग सम्बन्धित गीतहरुको भिडमा यस गीतले छुट्टै स्थान ओगटिरहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन अर्जुन सिरुवालले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन पदम सुबेदी र मिलन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया