आर पोखरेल , काठमान्डाँै ।
संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा धन विसीको दशैँ तिहार गीत ”दशैँ तिहारमा”गीतको भिडियो बजारमा आएको छ ।
दशैँ तिहारका गीतहरुमा मौलिक पन हराउदैँ गएको अवस्थामा परदेशमा भएको श्रीमान र स्वदेशमा भएकी श्रीमती विचको पिडालाई समेटेर गीत तयार गरिएको छ । गायक दुर्गा सेन्चुरी र गायिका अनुजा पुडासैनीको आवाजमा समेटिएको बेदनात्मक गीत बजारमा आएको हो ।

रोहित विसीको शब्द तथा लय सिर्जनामा तयार पारिएको गीतमा गरिवीको कारण पर्व मनाउन नपाउदाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । रविन बजगाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।”दशैँ तिहारमा ”गीतको भिडियोमा तिलक भारती र आयुष्मा कार्कीको अभिनय रहेको छ ।
”दशैँ तिहारमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया