गएको केही दिन नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री वर्षा शिवाकोटीको लभ लाइफको चर्चा चलेको छ । गोप्य सुत्रबाट शिवाकोटी सन् २०२० मा विवाह गर्ने मनस्थितिमा रहेको कुरा बाहिरीएको हो । दशैं सकिएपछि शिवाकोटी अमेरिका पुगेकी हुन् ।

प्रेमीलाई भेट्न उनी अमेरिका पुगेको कुरा प्रेमीले पोस्ट गरेको तस्विरहरुले प्रमाणित गरेको छ । अमेरिका निवासी सविनजंग थापाले उनको र वर्षाको केही प्रेमिल तस्विरहरु आफ्नो फेसबुक स्टोरीमार्फत सार्वजनिक गरेका हुन् । तस्विरमा सविनले वर्षाको नाम लेखेर लभको इमोजी राखेका छन् । यसबाट पनि उनीहरु प्रेममा रहेको कुरा पुष्टि हुन्छ । अभिनेत्री वर्षाले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

वर्षालाई चलचित्र “वीर विक्रम २” रिलिजको समयमा निर्देशक मिलन चाम्ससँग नाम जोडिएको थियो । तर, उनीहरुले यसको खण्डन गरेका थिए । सोलो नायिकाको रुपमा अहिलेसम्म एउटा हिट फिल्म दिन नसकेकी अभिनेत्रीले चलचित्र “नाईं नभन्नू ल २” बाट डेब्यू गरेकी थिइन् । अभिनयमा आफ्नो करियर बनाउन र दुई दर्जनको आसपासमा चलचित्रमा काम गरे पनि कुनैले निर्माता जोगाउन नसकेको कारण यी अभिनेत्रीलाई चलचित्र क्षेत्रमा ‘अनलक्की नायिका’ पनि भन्ने गरिन्छ । वर्षाले हालैसालै ‘लक्का जवान’ चलचित्रको छायांकन सकेकी छिन् ।

तपाईको प्रतिक्रिया