एजेन्सी । उर्वशी रौतेला अहिले चर्चामा छिन् । बलिउड सुन्दरीको नयाँ फिल्म पागलपंती लाई लिएर चर्चामा आएकी हुन् । पालगपंतीको रिलिज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा उनले सेक्सी फोटो शेयर गरेकी छिन् । उर्वशीका ती तस्विर देखेर उनका फ्यानको होस उडेको छ ।

प्रायः सामाजिक सञ्जालमा बोल्ड तस्विर हालेर चर्चामा आउने उर्वशीका फिल्म खासै चलेका छैनन् तर, उनको बोल्ड क्यारेक्टरले उनलाई चर्चामा भने सधैं ल्याएको छ । सिंह साव द ग्रेटबाट बलिउडमा पर्दापण गरेकी उर्वशीले पहिलो फिल्मबाट बेस्ट फिमेल डेब्यू अवार्ड पाएपछि सनम रेबाट नेशनल अवार्ड पनि पाइन् ।

तर, उनका फिल्मले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् । उर्वशीले हेट स्टोरी ४ मा दिएको इन्टिमेन्टी सिनले बलिउड तातेको थियो । कतिपयले उनलाई पूर्वपोर्न स्टार सनी लियोनीसँग तुलना समेत गरेका थिए ।

उनको नयाँ फिल्म पागलपंती भने २२ नोभेम्बरमा रिलिज हुँदैछ । फिल्म रिलिजको पूर्वसन्ध्यामा उर्वशीले आफ्ना केही बोल्ड तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जुन अहिले भाइरल भइरहेका छन् । केहि समर्थकले उर्वशीका हट तस्विर चलचित्र चलाउने मसला भनेका छन् ।

तपाईको प्रतिक्रिया