काठमाडौं – भोलि शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘चच हुई’ ले मल्टिप्लेक्समा पर्याप्त शो पाउन सकेको छैन । बिहीवार नै बूकिङ खुला गरिएको फिल्मले मल्टिप्लेक्स हलमा न्यून शो पाएको हो ।

आर्यन सिग्देल र मिरुना मगरको आशा गरिएको फिल्मले क्युएफएक्स सर्कलमा शुक्रवार काठमाडौं उपत्यका भित्र जम्मा ५ शो पाएको छ भने नेपालभर १३ शो पाएको छ ।

यस्तै कमलपोखरीको बिग सिनेमाजमा फिल्मले २ शोज पाएको छ । गोंगबुस्थित बीएसआर मुभिजले पनि फिल्मलाई जम्मा २ शो दिएको छ ।
राजधानीमा मल्टिप्लेक्सका हिसाबले सबैभन्दा धेरै व्यापार गर्ने हल क्युएफएक्स चेन हो ।

राजधानीका अन्य मल्टिप्लेक्स हलमा पनि फिल्मले न्यून शो पाएको छ । मल्टिप्लेक्स हलले धेरै शो हिन्दी चलचित्र ‘पागलपन्ती’ लाई दिएका छन् ।

साम्तेन भुटियाले निर्देशन गरेको यो फिल्ममा आर्यन, मिरुना, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

तपाईको प्रतिक्रिया