नाम जस्तै मिलन र आकर्षक व्यक्तित्वका धनी गायक मिलन सुर्खेतीको नयाँ म्युजिक भिडियो रिलिज संगै यु ट्युब ट्रेडीङमा परेको छ ।
गायक सुर्खेतीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पहिलो भेटमै’ सोमबारबाट लिएर स्रोता र दर्शक माझ आएका थिए ।
यस गीतमा स्वर तथा संगीत मिलन सुर्खेतीको रहेको छ भने गीतका शब्द योगेन ढोलीले लेखेका हुन । गीतको संगीत संयोजन रिकेश गुरुङ “किज”ले गरेका हुन । रोमान्टिक भर्सनको म्युजिक भिडियो लाई मुस्ताङमा छायांकन गरिएको हो । मुस्ताङका रमणीय दृश्य समेटिएको म्युजिक भिडियोमा एलिशा पुन मगर र जितेश प्रधानको अभिनय रहेको छ । संजय लामाले छायांकन गरेको म्युजिक भिडियोलाई बनिश शाहले सम्पादन गरेका हुन । शिशिर खातीले गीतको कोरियोग्राफी गरेका हुन। रबिन पौडेल सह-निर्देशक रहेको यस गीतको म्युजिक भिडियोलाई नबिन पुरीको निर्देशनमा तयार पारिएको हो । राजेश मास्केले भिडियो निर्माण भएको हो ।
२०५७ सालबाट आफ्नो गायन यात्रा प्रारम्भ गरेका गायक सुर्खेतीले हाल सम्म २ वटा म्युजिक एल्बम र दर्जनौ गीतमा आफ्नो स्वर र संगीत दिसकेका छन । “ मन छाडे मैच्याङ्ग”लाई बोलको गीतको रिमिक्स गाएर सोर्ता माझ परिचित बनेका यी गायकले आफ्नो नयाँ गीत स्रोता, दर्शकले मन पर्नेकुरामा आशावादी छन । निकै मेहेनतका साथ बनाएको भिडियोलाई दर्शक र मिडिया हाउसबाट सपोर्टको अपेक्षा समेत राखेका छन ।भिडियोलाई एट के एभरेस्ट मोसन पिक्चर्सको यु ट्युब च्यानलबाट रिलिज गरिएको हो ।

 

 

तपाईको प्रतिक्रिया