गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् ।
पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश “ हराए म तिम्रो” बोलको गीत चर्चित छ । यसघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन । पहिलो नेपाली आईडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन ।
‘बोलाउ तिमी’ रोमान्टिक लभ गीत हो । रमाइलो तरिकाले निर्माण गरिएको भिडियोमा लक्ष्मु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्याम्पिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ । बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

https://youtu.be/oqLpFxaoCwk

तपाईको प्रतिक्रिया