काठमाडौं : दिनेश शिवाकोटी र पार्वती राजाली मगरको अभिनय रहेको ‘तिमी सामु’ गीतको भिडियो सार्वजनिक भएको छ । शुलभ पौडेलको शब्द, स्वर र सङ्गीत, विश्व अधिकारीको एरेञ्ज, विप्लप अधिकारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दिनेश शर्माको निर्देशनमा रहेको गीतको भिडियोलाई सुशील डागीले छायाँकन गरेका हुन् भने निराजन केसीले सम्पादन गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ प्रस्तुत गरेका छौ, सबैको साथ सहयोग पाउँनेमा आशावादी छौ’, कलाकार दिनेशले भने ।

तपाईको प्रतिक्रिया