काठमाडौ । पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै गसिप भइरहेका छन् । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि गसिप बन्न थालेको हो । साथै उनीहरुको केही ब्यवहारले पनि गसिपलाई मलजल दिएको छ ।

सोनिकाले पारससंग भएको गोप्य च्याट म्यासेज पनि सार्वजनिक गर्ने र अन्नपुर्ण वेस क्याम्प देखि पोखरासम्म उनीहरुको भ्रमणको भिडियोले पनि गसिप बन्न मद्यत गरेको छ । साथै उनीहरुको टिकटक भिडियोले पनि चर्चा पाएको हो । जब पारस शाह सोनीकाको क्लबको उदघाटनमा पुगे, यी दुई बिचको गसिप बन्न थाल्यो र जब पारसले सोनीकालाई लिएर मनाङ्ग सम्म घुम्न पुगे, धेरैले आ(आफ्नो तरिकाको अनुमान लाउन थाले ।

पारस शाहको पैसाको लागि सोनीका पछि लागेकी देखि सोनीकाले गर्दा पारस शाहले श्रीमती हिमानी शाहसंग डिभोर्स सम्म गर्ने हल्ला समेत सामाजिक संजालमा चल्न थाले । अहिले सामाजिक संजालमा पारस शाह र सोनीकाको लभ अफेयर चलिरहेको छ भन्ने गसिप चलिरहेको छ । यहि विषयमा पारसले भनेका पनि थिए कि हाम्रो सम्बन्ध भगवान जाने ।

सोनीका रोकायाले दुर्गेश थापासंग एउटा गितको भिडियोमा मोडलिङ्ग गरेकी छिन् । उक्त गितको शुटिङ्गको क्रममा सोनीकाले क्यानाडा नेपालसंग कुराकानी गर्दै पारस शाहसंग आफ्नो नाम जोडेर बदनाम गराउनेहरु माथि आफ्नो आक्रोश व्यक्त गरिन् । आफु सानै देखि दुख पिडा सहदै संघर्ष गर्दै यो स्थान सम्म आईपुगेको कुरा उनले स्पष्ट संग भनेकी छिन् ।

सोनीका रोकाया भन्छिन्, ूम यो जाडोमा दुर्गेश थापासंग गितको भिडियोमा डान्स गरिरहेको छु र यो गर्नुको कारण पैसा कमाउन हो । यदि म पारस शाहको पैसाको लागि कुदेको भए यो जाडोमा किन यति दुख गर्थे होला रु पारसको पैसाको लागि सोनीकापछि परेको भन्नेहरुले पहिला मेरो ईतिहास बुझे राम्रो हुन्थ्यो । हुन त मलाई अरुले जे भनुन मतलब त छैन तर त्यस्ता अबुझ व्यक्तिहरुले हेरुन कि सोनीका पैसाको लागि अरुको पछि लाग्दैन बरु मेहेनत गरेर पैसा कमाउन सक्ने आँट भएकी केटि हो ।

सोनीकाले अन्तर्वार्ताको क्रममा आफुले सधै आफ्नो खुशी गरेको र परिवारको सल्लाह सुझावलाई वास्ता नगर्दा केहि वर्ष अलमलमा परेको र होश उडाएको बताएकी छिन् । सोनीकाले उल्लेख गरे अनुसार आफु सधै आफै केहि गर्ने भन्दै सानै देखि लागेकाले केहि बाटो बिराए जस्तो महसुस गरेको र अहिले आफुलाई ति गल्तिहरुबाट सच्याउन थालेकी छिन् ।

तपाईको प्रतिक्रिया