एजेन्सी– यदि तपाईं अन्डा प्रेमी हुनुहुन्छ भने तपाईंका लागि एउटा दुखद समाचार छ । अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् कि दैनिक २ वटाभन्दा धेरै अन्डा खाँदा मृत्युसमेत हुनसक्छ ।

हो, यो नयाँ रिसर्चले यस्तो बताएको हो । दैनिक दुईभन्दा धेरै अन्डा खाँदा कार्डियोभास्कुलर समस्या अर्थात् मुटुसँग सम्बन्धित समस्या देखिन सक्ने अनुसन्धानहरुले जनाएका छन् । र, यो समस्या हुने सम्भावना दुई गुणा बढी बढ्ने बताइएको छ ।

अमेरिकी मेडिकल एसोसियसनको जर्नलमा प्रकाशित भएको यो रिसर्चमा यो अध्ययन अमेरिकाका करिब ३० हजार मानिसमा गरिएको जनाइएको छ । उनीहरुको स्वास्थ्यबारे ख्याल चाहिँ ३१ वर्षसम्म गरिएको उक्त जर्नलमा जनाइएको छ । अन्डामा हुने कोलेस्ट्रोलका कारण धेरै अन्डा खान नहुने कुरा प्रकाशित भएको हो ।

तपाईको प्रतिक्रिया