नेपाल आइडल प्रतियोगी प्रतिभाशाली गायक महेन्द्र राज बरालले आफ्नो चौथो गीत ‘बोलीदेउ सान्नानी’ सार्वजनिक गरेका छन । लोक आधुनिक शैलीको ‘बोलीदेउ सान्नानी’मा गायक महेन्द्र राज बराल र चर्चित गायिका मेलिना राईको युगल स्वर रहेको छ ।
गीतमा शब्द र संगीत लोकप्रिय संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।
म्युजिक भिडियोमा महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले कोरियोग्राफी गरेका हुन् । निशान घिमिरेले भिडियो सम्पादन गरेका छन। अमृत सुनुवारको निर्देशन तथा छायांकनमा भिडियो तयार भएको हो । मनिराम बराल ‘लायन ‘ ले भिडियो निर्माण गरेका हुन ।
महेन्द्र राज बरालको अफिसियल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोलाइ मिडिया तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

 

तपाईको प्रतिक्रिया