काठमाण्डाै – लिभरपुल एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश गरेकाे छ । मङ्गलबार राति भएकाे खेलमा तेस्राे डिभिजनकाे श्रीउजबरीलाई एक–शून्य गाेल अन्तरले हराउँदै लिभरपुल पाँचाैँ चरणमा प्रवेश गरेकाे हाे ।

खेलमा रो शाउन विलियम्सकोआत्मघाती गोलका कारण लिभरपुल पाँचौं चरणमा पुग्न सफल भएको हो । अब लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । याे खेलमा लिभरपुलले इतिहासमै सबैभन्दा कम उमेरका खेलाडीहरु मैदानमा उतारेको थियाे ।

एफए कपअन्तर्गत चौथो चरणको रिप्लेमा सिनियर खेलाडीहरु जाडो बिदा मनाइरहेका बेला युवा खेलाडीले तेस्रो डिभिजनको श्रेसबरी टाउनलाई हराउँदै पाँचौं चरणमा स्थान बनाउन सफल भयो ।

यो खेलका लागि लिभरपुल टिमका खेलाडीको औसत उमेर १९ वर्ष १०२ दिन थियो । टिममा सात जना खेलाडी १९ वर्षभन्दा मुनिका थिए । खेलमा १९ वर्षे टोक्सटिथ बर्न जोन्सले कप्तानको भूमिका निभाएका थिए । १९ वर्ष र पाँच दिनका जोन्स लिभरपुलका सबैभन्दा कान्छा कप्तानसमेत बनेका छन् ।

तपाईको प्रतिक्रिया