काठमाण्डाै – महिला भलिबलको विश्व वरीयतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सार्वजनिक गरेको यस वर्षको वरीयतामा नेपाल ८७औँ स्थानमा उक्लिएको छ । नेपालकाे ५७ अङ्क छ । त्यस्तै भारत ९७ अङ्कसहित ५४औँ स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहँदा ३८२ अङ्कसहित अमेरिका दोस्रो, ३२८ अङ्क जोड्दै ब्राजिल तेस्रो स्थानमा छ ।

यस्तै इटाली, टर्की, सर्बिया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

तपाईको प्रतिक्रिया