खसीको मासु नेपाली भान्सामा मन पराइने परिकारमध्ये एक हो । हुन त यो मासु बनाउने तरिका सबैको फरक–फरक हुन सक्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकारका सबै उमेर समूहका मानिसलाइ मन पर्ने परिकार हो ।

सामग्री
दालचिनी, सुकुमेल,मरिच, ल्वांङ, तेजपत्ता, खुर्सानी, जाइफल यसै गरि फाउदर मसलामा खुर्सानी पाउडर, जिरा पाउडर, धनिया पाउडर, गरम मसला, बेसार, नुन र ५० एम. एल, २ वटा टमाटर, २ वटा प्याज, २ वटा खुर्सानी, एक चम्चा अदुवा खुर्सानी, लसुन र अदुवाको पेस्ट, अलिकति धनिया पत्ता र एक केजी मासु ।

तरिका
कुकर अथवा कराईमा तेल तातिसके पछाडी दालचिनी, सुकुमेल,मरिच, ल्वांङ, तेजपत्ता हाल्ने र केहि समय फ्राई गर्ने । त्यस पछी प्याजलाइ तेलमा हालेर नापाकुन्जेल भुट्ने, प्याज राम्रो संग पाकिसके पछाडी अदुवालसुनको पेस्ट हालेर करिव २ मिनेट चलाउने । अब मासुला ५ देखि ७ मिनेट सम्म भुट्ने यस पछी एक सानो चम्चा बेसार, एक सानो चम्चा जिरा पाउडर, एक सानो चम्चा गरम मसला, एक ठुलो चम्चा धनिया पाउडर, एक सानो चम्चा खुर्सानी पाउडर हालेर २ मिनेट जति भुट्ने अनि काटेको टमाटर हालेर टमाटर नपाकुन्जेल सम्म पकाउने । आफ्नो आवस्यकता अनुसार नुन हालीसके पछाडी मासु र तेल छुट्टीने बेला सम्म पकाउने र आफ्नो आधा लिटर पानी हालेर ५ देखि ७ सिठ्ठी लगाए मासु पकाउन सकिन्छ । थप जानकारीको लागी तलको भिडियो हेर्न सक्नु हुन्छ

तपाईको प्रतिक्रिया