काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध जारी खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ । १९ औं ओभरमा सुसन भारीले एउटै ओभरमा २ विकेट लिएका हुन् । ओभरको चौथो बलमा चौथो विकेटको रुपमा व्यक्तिगत २० रनमा जीसन मकसूद र ओभरको अन्तिम बलमा शुन्य रनमा सुरज कुमार ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट भए ।

यसअघि तेस्रो विकेटको रुपमा अकिब इल्यास रनआउट भएका थिए । इल्यासलाई व्यक्तिगत १६ रनमा दिपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमा आउट गरेका थिए । यसअघिका २ विकेट करण केसीले लिएका थिए । पहिलो ओभरमै करणले जतिन्दर सिंहलाई ४ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । दोस्रो विकेटको रुपमा उनले खवार अलीलाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।

पाँचौं विकेट जाँदा १९ ओभर सकिएको छ र ओमानले ५ विकेटको क्षतिमा ५७ रन बनाएको छ । नयाँ ब्याट्सम्यान सन्दिप गौड आएका छन् । मोहम्मद नदीम ७ रन बनाएर खेलिरहेका छन् । यो लिग २०२३ को विश्वकपसम्म पुग्ने बाटो हो । जारी सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ एकदिवसीय खेल्नेछ । ओमान र अमेरिका पनि एक आपसमा २ खेल खेल्नेछन् । आजको खेल नेपालको लिग २ मा डेब्यू खेल हो ।

तपाईको प्रतिक्रिया