चितवन – भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहालले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग घोषणा गरेकी छिन् ।

रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा आयोजित कार्यक्रम मार्फत मेयर दाहालले ५ लाख आर्थिक सहयोग घोषणा गरेकी हुन् । रंगशाला निर्माण सबैको दायित्व भएको भन्दै दाहालले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग घोषणा गरेकी हुन् । रंगशाला निर्माण गर्ने अभियानका लागि मेयर दाहाल लगायत अन्य थुप्रै सहयोगी मन भएका व्यक्तित्वहरुले पनि सहयोग गरेका छन् ।

नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकर प्रसाद कंडेलले पनि व्यक्तीगत ३ लाख ५१ हजार १ सय ११ सहयोग घोषणा गरेका छन् । उता मुल आयोजक समितिका संयोजक समेत रहेका प्रदेश सांसद बिजय सेवेदीले व्यतिगत एक लाख ५१ हजार १ सय ११ रुपैँया सहयोग घोषणा गरेका छन् ।

जस्मिन पेन्ट्सका प्रवन्धक लक्ष्मण अर्यालले धनधान्यान्चल मार्फत १५ लाख सहयोग घोषणा गरेका छन् । खरेल इलेक्ट्रोनिक्स सहिदचोकका प्रवन्धक तेजनारायण खरेल र श्रीमती खगिसरा खरेलले २ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेका छन् । यस्तै आज बिभिन्न सहकारी संस्था, आमा समुह, टोल सुधार समुह तथा व्यक्तीहरुले पनि आर्थिक सहयोग गरेका छन् । यस्तै आज ३ जनाले तुलादान गरेको र ४ जनाले नाम दर्ता गराएको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिईन् ।

धनधान्यान्चलमा आज चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले आफ्नो प्रस्तुती दिएका छन् । महोत्सवमा बिहीवार चर्चित हाँस्य कलाकार मनोज गजुरेल, केदार घिमिरे (माग्ने बुढा), दीपक राज गिरी, दीपाश्री निरौला, गायक प्रमोद खरेल लगायतको कलाकारहरु आउने आयोजकले जनाएको छ ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया