एजेन्सी– भारतकी सबैभन्दा लामो कपाल भएकी निलांशी पटेल फेरि एकपटक चर्चामा आएकी छिन् । सन् २०१८ मा आफ्नो लामो कपालका कारण विश्व रेकर्ड बनाएकी निलांशीले फेरि आफ्नो रेकर्ड तोडेर चर्चामा आएकी हुन् ।

गुजरातकी निलांशीको कपाल अब ६ फिट लामो भएको छ । १६ वर्षकै उमेरमा गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गराएकी निलांशी अब १७ वर्षकी भएकी छिन् ।

सन् २०१८ को गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा उनको नाम सबैभन्दा लामो कपला भएकी टिनएजरका रुपमा रहेको छ । गत वर्ष उनको कपाल १७०.५ सेन्टिमिटर लामो थियो । अब उनको कपाल १९० सेन्टीमिटर पुगेको छ ।

निलांशीकी आमाले उनले सातामा एक पटक राम्रोसँग धुने र तेल लगाउने गरेकाले कपाल बलियो भएको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया