काठमाडौं – बलिउड अभिनेत्री कल्की कोचलिन हामा बनेकी छिन् । उनले शुक्रबार छोरी जन्माएको भारतिय मिडियाले जनाएको छ । केहि समयदेखि उनका पेटसहितका फोटोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका थिए । उनी गर्भवती भएको खबर आएसँगै चर्चामा आइरहेकी छिन् ।

उनले ब्वाइफ्रेन्ड हसबर्गसँग आफ्नो पहिलो बच्चाको रुपमा छोरीलाई जन्मदिएकी हुन् । २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी उनले २०१५ मा सम्बन्धविच्छेद गरेकी थिइन् । त्यसपछि उनी हर्शबर्गसँग सम्बन्धमा आएकी थिइन् । यी दुईको अहिलेसम्म विवाह भएको छैन ।

तपाईको प्रतिक्रिया