पर्वतको कुस्मा र बागलुङ बिचमा रहेको कालिगण्डकीमा निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो आग्लो बन्जी जम्प हो । यसको विशेषता भनेको हिमाल हेर्दै बन्जी गर्न पाइने हो । नेपालका अग्ला र लामा झोलुङ्गे भएको जिल्ला भनेर चिनिने पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको परिक्षण भएको छ ।

बञ्जी जम्प सहासी र डर लाग्दो खेल हो । यो जम्प गर्नलाई आट र हिम्मतको जरुरत पर्दछ । यो खेल खेल्न सबैले चहाना राख्ने गर्छन् तर यो जम्प गर्न निकै आँट चाहिन्छ । यो खेल खेल्नका लागि पर्वतमा स्वादेशी तथा विदेशी पर्यटनहरूको चाप लाग्ने गर्छ ।

द क्लिफ नेपाल प्रा‍. लि. ले २० करोडको लागतमा निर्माण गरेको छ । उक्त बञ्जीको श्रीपञ्चमीको शुभसाइत पारेर सफल परिक्षण गरिएको हो । विश्वकै लामो झोलुङ्गे पुलमा निर्माण भएको बञ्जी प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ ।

एशियाकै नमुना पुलमा गनिएको कालिगण्डकी नदिको खोँचमा बनेको उक्त झोलुङ्गे पुलको लम्बाई ५२५ मिटर रहेको छ भने खोलादेखि पुलको उचाई २२८ मिटर ९७४८ फुट रहेको छ । यो बञ्जी जम्प पोखरादेखि ५५ कि।मी। दुरीमा पर्छ ।

कुस्मा बागलुङमा रहेको ‘द क्लिफ बञ्जी जम्प’ भने झोलुङ्गे पुलमा निर्माण भएको विश्वकै दोस्रो बञ्जी भएको निर्माण कम्पनीको दाबी छ ।

यस बञ्जीमा हुने ६ सेकेण्डको ‘फ्रि फलु’ले आकाशमा उडेको आभास दिलाउँछ । दायाँ र बायाँ हरिया डाडा, तल कालिगण्डकी अनि सामुन्ने हिमाल हेर्दै जम्प गर्दा छुट्टै अनुभुति दिलाउँछ । बञ्जी जम्पका लागि आउने पर्यटकहरुलाई मध्यनजर गर्दै बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘लभ कुस्मा’ रिसोर्ट सञ्चालनका लागि निर्माण कार्य भइरहेको छन् । रिर्सोटमा अधिकांश कोठाहरु टेन्टबाट बनाइँदैछ । २१ वटा सफारी टेन्टमा ७० जनाको क्षमता रहने निर्माण कम्पनीले बताएका छन् ।

तपाईको प्रतिक्रिया