काठमाडौं । कुनै विशेष खुशीमा या खाना खाइसकेपछि विशेष किसिमका मिठाइहरु खाने चलन छ।

ती मिठाइहरु मध्ये दुधबाट बनेको रसबरी धेरैजसोको रोजाइमा पर्ने गर्छ । बजारमा रसबरी किन्दा, बासी र अस्वस्थ पनि हुने हुँदा, घरमै बनाएर ताजा, मीठो र स्वस्थ रसबरी खान सकिन्छ।

रसवरी यसरी तयार हुन्छ :

भाँडामा दुध तताउने ।
तताएको दुधमा कागतीको रस राखेर दुध फटाउने ।
फाटेको दुधलाई जालीमा कपडा राखेर छान्ने
अब त्यसलाई चिसो पानीले पखाल्ने ।
पखालेपछी त्यही कपडामा पोको पारेर हल्का निचोर्ने ।
निचारिसकेपछी केही छिन झुन्डाउने ।
केही छिनपछि निकाल्ने र मुछ्ने ।
मुछेर पीठोको डल्लो जस्तै बनाउने ।
चिरा नपर्ने गरि साना-साना डल्ला बनाउने ।
एउटा भाँडामा चिनी पानी पकाउने ।
त्यो चिनी पानीमा अब ती साना-साना डल्ला राख्ने।
चिनी पानीबाट निकालिसकेपछि ५र६ घण्टा जति फ्रिजमा राख्ने।

तपाईको प्रतिक्रिया