काठमाडौं – चर्चित गायिका टिका प्रसाईको नयाँ गीत बजारमा आएको छ । गायिका टिका प्रसाई र लेखराज गुरुङको सुमधुर स्वरमा ‘नसकिने भो’ बोलको नयाँ म्यूजिक भिडियो सोमबार सार्वजनिक भएको हो।

गीतमा शब्द र संगीत गायिका टिका प्रसाईकै रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका छन् । गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आस्मा विश्वकर्माको धमाकेदार अभिनय रहेको छ । यस गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन र शिलान लम्सालको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया