काठमान्डौँ , माघ २९
नेपाली सुगम गीतमा राम्रो सम्भावना भएकी गायिका दिपा लामाको आवाजमा रहेको ”तिमी म सगँ ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडीको मनोभावनालाई गीतमा समेटिएको छ । प्रेममा रहेकोे त्याग र समपर्णलाई गीतमा समेटिएको छ । बसन्त नाछिरिङको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । वि पि याम्फुको छायाँकन तथा सम्पादन र कोरियामा रहेर पनी लामो समय देखी म्युजिक भिडियोको निर्देशनमा ब्यास्त निर्देशक हाङ लिम्बुको निर्देशन भिडियोमा रहेको छ । ”तिमी म सगँ ”गीतको भिडियोमा दिनेश नाछिरिङ , रजनी राई र मोहन नाछिरिङ राईको अभिनय रहेको छ ।
”तिमी म सगँ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया