काठमान्डौँ , फागुन ५
नेपाली पप गीत संगीतमा परिचित गायक अर्जुन कुमार बुढाथोकीको आवाजमा रहेको ”चिसो हावा सरर ” गीतको डान्सिङ भिडियो युटुव मार्फत सार्वजनिक भएको छ ।

जिवनको रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गोविन्द प्रसाद उपाध्ययको शब्द तथा विक्रम थापाको संगीत गीतमा रहेको छ ।

टुकमान विक गोपालको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा छायाँकन गरिएको छ । ”चिसो हावा सरर ” गीतको भिडियोमा दिनेश मुस्कान र तृप्ती श्रेष्ठको फिचरिङ रहेको छ ।
”चिसो हावा सरर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया