नव गायिका मोडल समिता श्रेष्ठको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक भएको छ । ‘माया गर्छु’ बोल को गितबाट तथा मिसेस ब्युटिफुल नेपालमा बेस्ट फोटोजेनिक पाएपछि मोडलिङ्ग सुरु गरेकी समिता पछिलो समय गायिकाको रुपमा आएकी हुन्।

गीतमा समिता श्रेष्ठ र राहुलको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् । संचारकर्मी तथा मोडल विकाश लामिछानेसंग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन। काठमाडौँ , सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यस गितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन्। निर्देशक ढुंगेल संचारकर्मी तथा आर्टिस्ट नेपाल नेटवर्कका निर्देशक पनि हुन्।

भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि. ओ. पी मा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन्। सानै देखि गायिका बन्ने सपना देख्ने गरेकी समिताले आफ्नो पहिलो कोशेलीबाट धेरै आशाबादी रहेको र साथ , सहयोग र प्रतिक्रियाको आशाबादी रहेको बताईन।

भिडियो हेर्नुहोस।

तपाईको प्रतिक्रिया