काठमाडौं – कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको छ । राजधानीको चावहिलमा एक कार्यक्रमबीच मंगलबार वरिष्ठ सङ्गीतकार सिलाबाहादुर मुक्तानको प्रमुख आतिथ्यतमा गीतको उल्बम लोकार्पण गरिएको हो । (12 Languages in one song) १२ भाषा एउटै गीतमा रहेको छ ।
लोकार्पण कार्यक्रममा विश्वभाषा क्याम्पस अङ्ग्रेजी विभाग प्रमुख सुशिल भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, एरेञ्ज देवेन्द्र नेवाः, प्रकाश … युथ क्रियशनका अध्यक्ष रमेश थापा, पुस्कर नेपाल, सञ्चारकर्मी देवेन्द्र बोहोरालगायतकाको आतिथ्यता रहेको थियो ।
सार्वजनिक एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापनिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटलियन, जर्मन र थाई गरी १२ भाषामा गीत रहेको छ । नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा. डीआर उपाध्याय र अन्य भाषमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । सबै गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने एरेञ्ज देवेन्द्र नेवाःले गरेका छन् ।
कार्यक्रममा प्रमुख सिलाबहादुर मोक्तनले सधैँ नयाँ-नयाँ र फरक काम गर्न रुचाउँने डा. डीआर उपाध्यायको यो ‘मायाको सागर’ एल्बम पनि विशेष रहेको बताउँदै उपाध्यायलाई बधाइ तथा शुभकामना दिएका थिए । त्यस्तै अन्य अतिथिहरुले पनि उपाध्यायलाई यस नयाँकामका लागि बधाई तथा शुभकामना दिएका थिए । उक्त समारोहमा गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो ।
गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।